Search Lyrics

Like

Saturday, May 18, 2013

प्रेमपत्र रुपी नेपाली कविता

प्रिय रेश्मा,
अनिश्चित जिन्दगीको
संघर्षशील यात्रा बीचबाट
सुमधुर मायाको साथै
अविरल सम्झना..!


धेरै भयो
तिम्रो हस्ताक्षर लिएर
मायालु पत्रहरु नआएको,

कतै गाउँको हुलाकघर
आन्दोलनकारीको निशाना त बनेन ?


फेब्रुअरी का
आखिरी दिनहरु माझ,
स-प्रेम सम्झिरहेछु तिमीलाई..
तिमि छौ कतै दुर गाउँमा..
छु म अरबको अत्यासलाग्दो
कोलाहल भीडभित्र..!

कतै चिठीका खामहरुमा
तिम्रो स्पर्श समेटीएको
कतै चिठीका हरफहरुमा
मिठो मुस्कान पोखीएको,
हो त्यही पत्र..
पोहोर सालको...!
साँच्चै रेश्मा,
म तिम्रो पुरानो पत्र
चुमिरहेछु आज...!


पुर्ब तर्फबाट
बेजोडले बहने
चिसो हावाका
झोकाहरु संगै
मन नै चिसो भएको छ
कतै मेरो ............
आ..यो मन पनि
के -के सोच्छ के-के...!


जे होस्
भ्यालेन्टाइन डे को
पुर्वसंध्यामा,
गुराँसको थुंगा जस्ती
मेरी प्रिय रेश्मा
तिमीलाई लाखौं-लाख सम्झना छ ।

0 comments:

Post a Comment