Search Lyrics

Like

Friday, May 17, 2013

मेरो विधाता म नै हूँ । कविता ।

साँईला तिमी कहिले नरुनु ल
आँखाबाट आँशु
ए हैन हैन
मोतीका दाना नझार्नु है
किन थाहा छ?
किनकी आँशु खस्दा
मोती झर्दा
सम्पन्नता पनि त खस्किन्छ
के तिमी विपन्नतामा बाँच्न सक्छौ र ?
मोती त मूल्यवान पो हुन्छ त हैन र ?

अझ त्यसमा हामीले सजाएका मीठा मीठा सपना जो छ
हाम्रो तस्वीर छ
उकाली,ओराली
अनि भञ्ज्याङ चौतारीमा
गाउँदै ,नाच्दै हिडेका अविश्मरणिय दृश्य छ
हाम्रो तस्वीर छ
हाम्रो मिलन् छ,विछोड छ
के तिमी त्यो संगाल्न चाहन्नौ ?
चाहन्छौ नि है
त्यसो भए त्यसलाई बग्न नदेउ
तातो पानीको भेल बनिआँखाको डिलबाट उर्लन नदेउ
सम्हाल बरु ताल बनाउ
एकदिन म पक्का आउनेछु
तिमी उभिएको धरातलबाट देखिने
क्षितिजमा टाँगिएको रातो घाम न अस्ताउंदै
म आउनेछु
त्यो नैनातालमा हाम्रो सपना खोज्दै
आफ्नो प्रतिबिम्ब खोज्नेछु
मलाई मेरो बिम्ब दिन्छौ हैन?
दिन्छौ नि है
पक्का?
अनि हामी त्यहि तालमा पौडिनेछौ
दु:खको यो भवसागर तर्नेछौ
किनारै किनार प्रेमको त्यो सुन्दर बस्तीमा पुग्नेछौ
जहाँ हामी हाम्रो सपना भेट्नेछौ

0 comments:

Post a Comment